रवि लामिछानेलाई आज चौथों पटक अदालत लगिदैं
आज पनि रास्वपाको प्रदर्शन
पाेखरा | कात्तिक २५, २०८१
पोखरा: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज चौथोंपटक कास्की जिल्ला अदालत लगिदैं छ ।
लामिछानेविरुद्ध तेस्रो पटक थपिएको म्याद सकिएपछि कास्की प्रहरीले आज फेरि अदालत उपस्थित गराउने भएको हो ।
अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० यसअघि तेस्रो पटक १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।
आज पनि रास्वपाको प्रदर्शन
लामिछानेको पक्षमा रहेका उनका कार्यकर्ताले आजा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले १० बजे जिरोमा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्ने बताएको छ ।
अन्य दिन धर्ना दिदैं आएपनि उनलाई अदालत लाने दिन भने विरोध प्रदर्शन नै गर्दै आएको छ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

